+
+
Shares

सीपी मैनाली चढेको कार दुर्घटनाको सीआईबीद्वारा अनुसन्धान गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते १५:०१

२७ फागुन, काठमाडौं । नेकपा (माले)ले महासचिव सीपी मैनाली चढेको कार दुर्घटनाको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा छानबिन गर्न माग गरेको छ ।

मालेले मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टाछुट्टै भेट गरी दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

साथै, दुर्घटना पश्चात महासचिव मैनालीलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइ सहयोग गरेकोमा मालेले सरकारलाई धन्यवादसमेत दिएको छ ।

भेटका क्रममा मन्त्रीद्वयले घटनाको छानबिन गराई चाँडै सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धता व्यक्त गरेको नेकपा माले सचिवालयले बताएको छ ।

यही फागुन १५ गते झापाबाट काठमाडौं फर्किँदै गर्दा मैनाली चढेको कार महोत्तरीको बर्दिबासमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मैनालीसहित उनका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा, ५ वर्षीय नाति ऐन र कार चालक रामप्रसाद पौडेल घाइत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?