Comments Add Comment

गुल्मीमा हत्या आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा

५ चैत, गुल्मी । गुल्मीमा हत्या आरोप लागेका ६ जनालाई गुल्मी जिल्ला अदालतले थुनामा पठाएको छ । ३२ बर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

गुल्मी दरवार गाउँपालिका ४ विरवासका चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए । परिवारको किटानी जाहेरीका आधारमा प्रहरी अनुसन्धान थालेको थियो ।

हत्यामा संलग्न भएको आरोपमा गुल्मी दरवार गाउँपालिका ४ का ५० बर्षीय बिष्णुप्रसाद कँडेल, ४८ बर्षीय इन्द्रबहादुर डम्बरपाल, ४२ बर्षीया ज्ञानुकुमारी डम्बरपाल, ३७ बर्षीय लक्ष्मण डम्बरपाल, ३५ बर्षीया कमला डम्बरपाल र २८ बर्षीय सागर सोमैलाई प्रहरीले अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतले हालसम्म प्राप्त प्रमाणका आधारमा मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको गुल्मी जिल्ला अदालत गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment