Comments Add Comment

प्रदेश २ ले पाएन नाम, मधेश प्रदेश पनि अस्वीकृत

४ चैत, जनकपुरधाम । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा सोमबार भएको मतदान निरर्थक भएको छ । चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेन ।

सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो ।

यस्तै जानकी, मिथला भोजपुरा र मध्यमधेश नामको पक्षमा पनि दुई तिहाई पुगेको थिएन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको जानकी नामको ३७ मत खसेको छ भने विपक्षमा ७० मत पर्‍यो । यस्तै नेपाली कांग्रेसले राखेको मिथला भोजपुरा नामको पक्षमा २८ मत पर्दा विपक्षमा ७९ मत आयो ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाग्न १०७ सदस्यीय प्रदेशसभामा ७२ मत आवश्यक पर्छ । जुन कुनै पनि पार्टीसँग छैन । यस्तै कांग्रेस सांसद राजेश्वर प्रसाद साहले दर्ता गरेको मध्य मधेश नामको पक्षमा ४२ मत खस्यो भने विपक्षमा ६५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment