
६ चैत, काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको हो ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ ।
अब वर्ग थप गर्ने काम पनि रोकिने छ भने नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4