Comments Add Comment

मास्क लुकाउने व्यवसायीलाई ३ लाख जरिवाना

९ चैत, विराटनगर । अनुगमनका क्रममा लुकाएको अवस्थामा मास्क भेटिएपछि वाणिज्य कार्यालय मोरङले विराटनगरको श्री सूर्जी इन्पेक्सका सञ्चालकलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

आइतबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर लुकाएको पाएपछिसञ्चालक राजेशकुमार अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

विराटनगर–९ घोगापुल चोकबाट अग्रवालले सञ्चालन गरेको श्री सुर्र्जी इन्पेस्कबाट ११ हजार ३ सय ५० थान मास्क र सेनिटाइजर बरामद भएको थियो ।

उपभोक्ता संक्षरण ऐन २०७५ अनुसार तीन लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए ।

अनुचित क्रियाकलाप गरे जरिवाना हुने व्यवस्थाअनुसार कारवाही भएको उनले बताए । उनका अनुसार मास्क र सेनिटाइजर खरिद र बिक्रीको बिल भेटिएको छैन ।

थप अनुसन्धान र कारवाहीका लागि अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment