Comments Add Comment

सोनम कपूर भन्छिन्, ‘सेलिब्रेटी लुक्स भ्रम हो’

एउटी सामान्य युवती के सोच्दी हुन्, जब सिनेमा घरको पर्दामा अभिनेत्रीको चमक–दमकपूर्ण जीवन देख्छिन् ?

के उनले आफुलाई पनि सिनेमाकी अभिनेत्रीसँग तुलना गर्छन् ? अभिनेत्रीले झै आफ्नो अनुहारको बान्की मिलाउन वा शरीरलाई सुडौल बनाउने अभ्यास गर्छन् ? अभिनेत्रीको हेयरस्टाइल, मेकअप, पहिरन शैली अनुसरण गर्छन् ?

त्यसपछि उनले ऐना अघिल्तिर उभिएर हेर्दा आफुलाई कस्ती पाउँछिन् ? अभिनेत्री जस्तै ? वा अरु नै ?

पक्कैपनि सिनेमाको पर्दामा देखिने एउटी अभिनेत्रीको चमक–दमक त्यतीकै आउँदैन । यसका लागि खानपान, जीवनशैली, पहिरन, मेकअप मात्र होइन, प्रविधिको पनि हात हुन्छ । बलिउड अभिनेत्री सोनम कपूरले यसको स्पष्ट जवाफ दिएकी छिन्,  ‘सेलिब्रेटीको लुकको पछाडि धेरै टिम, धेरै पैसा र धेरै समय खर्चिएको हुन्छ । यी सबैको एकमुष्ठ मिहेनतपछि सेलिब्रेटी लुक आउँछ ।’

उनी थप्छिन्, ‘जो तपाई देख्नुहुन्छ, त्यो सत्य होइन । यदि अर्को पटक कुनै १३ बर्षिय किशोरीले म्यागजिनको कभरमा सेलिब्रेटीलाई घुरेर हेरिरहेको छ भने उनलाई तपाई यो मिथ तोड्न नभुल्नुहोस् । तपाई बताइदिनुहोस् कि, तिमी स्वंम एकदम राम्री छौं । उनको दिमाग र स्माइलको तारिफ गर्नुहोस् । उनको दिमागमा यो आउन नदिनुहोस् कि, उनमा कुनै कमी छ ।’

सोनमाको कुराले सेलिब्रेटी र सामान्य युवतीबीच किन भिन्नता देखिन्छ भन्ने कुरा स्पष्ट पार्छ । साथसाथै सेलिब्रेटी जस्तै सुन्दर देखिन चाहने युवतीहरुले पनि यसबाट पाठ सिक्न सक्छन् ।

सोनमका अनुसार हरेक युवती ऐनाको अगाडि उभिएर स्वंमलाई हेर्दै यो सोच्छन् कि, म सेलिब्रेटी जस्तो किन देखिन्न ? यसको जवाफ सोनमले यसरी दिएकी छिन्, ‘त म ति सबै युवतीलाई बताउन चाहन्छु कि, कुनैपनि सेलिब्रेटी बिहान उठ्नसाथ यस्तो देखिदैनन्, जस्तो तपाईहरु सोच्नुहुन्छ । सत्य त यो हो कि, सार्वजनिक स्थानमा आउनुअघि मलाई ९० मिनेट मेकअप चियरमा विताउनुपर्छ । कसैले मेरो केस बनाउँछन्, कसैले मेरो मेकअप । कतिले मेरो नङ बनाइदिन्छन् । हरेक हप्ता मेरो आइब्रोको सेप दिइन्छ ।’

सोनम थप्छिन् ‘मेरो शरीरमा कन्सीलर लगाइन्छ । जहाँ मैले कहिल्यै सोचेको पनि हुन्न, त्यहाँ पनि कन्सीलर प्रयोग गरिन्छ । राम्रो ज्यानको लागि मलाई बिहान ६ बजे उठ्नुपर्छ र साढे सात बजेसम्म जिम गर्नुपर्छ । शरीरलाई फिट राख्नका लागि म साँझ पनि व्यायाम गर्छु । सुत्नुअघि पनि व्यायाम गर्छु ।’

‘राम्री देखिनका लागि मेकअप र जिम मात्र होइन, मलाई पुरा दिन के खाने, के नखाने भन्ने कुरामा ध्यान राख्नुपर्छ । यसका लागि एक जना त पुरै दिन मसँग हुन्छन् । मेरो खानेकुरामा त्यती चिज सामेल हुँदैन, जति मेरो फेस प्याकमा प्रयोग गरिएको हुन्छ ।

यसका साथै मेरो कपडा तयार गर्नका लागि एउटा टिम नै काम गरिरहेका हुन्छन् । यी सबैको पछि म आकर्षक देखिन भने फोटोलाई फोटोसप गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment