Comments Add Comment

अस्पतालमा बन्धक बनाइएकी सुत्केरीको उद्दार

९ चैत, विराटनगर । विराट नर्सिङहोममा बन्धक बनाइएकी सुत्केरी महिलाको उद्दार भएको छ । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले एक महिनायता अस्पतालमै बस्न बाध्य सुत्केरी महिला चेली सुन्दास राजवंशीको उद्दार गरेकी हुन् ।

शनिबार बन्धक भएको समाचार प्रकाशित भएपछि आइतबार बिहानै अस्पताल पुगेकी राज्यमन्त्री गजमेरले २९ माघदेखि अस्पतालमा बस्न बाध्य राजवंशीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताएपछि अस्पतालले डिस्चार्ज दिएको हो ।

झापा विर्तामोड नगरपालिका– ५ अदुवा खोला नजिकै रहेको सुकुम्बासी टोलकी २२ वर्षीया सुन्दास र उनको सासुआमा अमृता सुन्दास एक महिनायता अस्पतालमा बस्न बाध्य थिए ।

सुत्केरी महिलाको उपचारमा १ लाख ५८ हजार रुपैयाँको बिल उठेको थियो । प्रदेश सरकारले एक लाख रुपैयाँ तिरिदिने भएपछि उनीहरुको डिस्चार्ज भएका हुन् ।

राज्यमन्त्री नै अस्पताल पुगेपछि अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले कागजी प्रक्रिया पूरा गरी डिस्चार्ज दिएका थिए ।

अस्पतालमा बस्न बाध्य सुन्दासलाई खर्च अभाव भएपछि उनकी सासु आमा अमृता सुन्दासले होटलमा भाँडा माझेर खाना खुवाउँदै आएकी थिइन् । तर अस्पताल प्रशासनले काम नदिन भनेपछि उनीहरु भोकभोकै परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment