+
+
Shares

सेयर बजार ५ दिन बन्द गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते २०:३९

९ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासका कारण धितोपत्र बजार पनि बन्द हुने भएको छ ।

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले देशमा कोरोना भाइरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परामर्श समेतलाई मध्यनजर गरी नेपाल स्टक एक्सचेन्जलाई चैत १० देखि ५ दिनसम्म कारोबार बन्द गर्न आदेश दिएको हो ।

लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्र बजारमा भइसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गरेपछि बजार बन्द गराउन आदेश दिएको बोर्डका प्रवक्ता निरज गिरीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?