News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसले ३ असोजबाट सुरु हुने वडा अधिवेशन प्रक्रिया अघि नबढाउने कञ्चनपुर, कैलाली, डोटी, मुगु र बाग्लुङमा कार्यवाहक सभापति तोकेको छ ।
- महामन्त्री गुरूराज घिमिरेले ती जिल्लाका सभापतिहरूले महाधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने बताएपछि केन्द्रले जिम्मेवारी दिएको जानकारी दिए ।
- बझाङ, डडेल्धुरा र भक्तपुरका सभापतिहरूले आजसम्म स्पष्ट निर्णय नगरे कार्यवाहक सभापति तोक्ने कांग्रेसले जनाएको छ ।
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ३ असोजबाट सुरु हुने वडा अधिवेशनसहितको १५ औं महाधिवेशन प्रक्रिया अघि नबढाउने पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको छ ।
कांग्रेसले ३ असोजबाट सुरू हुन गइरहेको वडा अधिवेशन प्रक्रिया अघि बढाउन कञ्चनपुर, कैलाली, डोटी, मुग र बाग्लुङमा कार्यवाहक सभापति तोकेको हो । ती जिल्लाहरूमा केन्द्रले कार्यवाहक सभापति तोकेर महाधिवेशन प्रक्रिया अघि बढाइएको छ ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पाँच जिल्ला सभापतिहरूले ३ असोजबाट सुरू हुन गइरहेको महाधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने बताएपछि कार्यवाहक सभापति तोकेर जिम्मेवारी दिइएको जानकारी दिए ।
‘कैलाली सभापतिले ३ र १६ को कुनै पनि महाधिवेशनमा सहभागी हुन्न भन्नुभयो । उहाँले नै कार्यवाहक तोक्नुभएको उपसभापति (खेम चौधरी)जीले वडा सम्मेलन गर्नुहुन्छ,’ उनले भने, ‘कञ्चनपुर, डोटी, बाग्लुङ, मुगुमा कार्यवाहक सभापति तोकिएको छ ।’
महामन्त्री घिमिरेले बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिहरूले वडा अधिवेशन गर्ने जानकारी केन्द्रमा गराएको बताए । उनीहरूले बिहीबार (आज) सम्म प्रष्ट निर्णय नगरे कार्यवाहक सभापति तोकेर अघि बढ्ने बताए ।
‘बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिहरूले ३ असोजको वडा अधिवेशन अघि बढाउँछु भन्नुभएको छ,’ उनले भने, ‘आजसम्म निश्चित नभए कार्यवाहक तोकिन्छ ।’ बाँकी ६९ जिल्ला सभापतिहरू सबै ३ असोजमा वडा अधिवेशनको तयारीमा जुटेको महामन्त्री घिमिरेले बताए ।
प्रतिक्रिया 4