Comments Add Comment

कोरोना भाइरसले हाम्रो शरीरमा के गर्छ ?

१० चैत, काठमाडौं । सन् २०१९ को अन्तिममा देखा परेको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्वभर महामारीको रुप लिइरहेको छ ।

कोरोनाका कारण १० हजार बढीले ज्यान गुमाइसकेका छन् भने ३ लाख बढी संक्रमित भएका छन् । आखिर यो भाइरसले कसरी हाम्रो शरीरमा आक्रमण गर्छ त ? मानिसले कसरी यो भाइरसबाट ज्यान गुमाइरहेका छन् र यसको उपचार कसरी गर्ने ?

संक्रमणकालीन अवस्था

यो अवस्था भाइरस शरीरमा प्रवेश गरेदेखि नै शुरु हुन्छ । यो भाइरुस हाम्रो शरीरका कोषभित्र प्रवेश गर्छ र तिनीहरुमाथि आक्रमण शुरु गर्छ । नजिकैको संक्रमित व्यक्तिले खोक्दा वा भाइरसका जीवाणु रहेको हातले अनुहारमा छुँदा स्वस्थ मानिसमा यो भाइरस प्रवेश गर्छ ।

यो भाइरस घाँटी र फोक्सोमा पुग्दा अत्याधिक संख्यामा विकास भइसकेको हुन्छ । तर, यतिबेला सम्म मानिसलाई भाइरसको कुनै लक्षण देखिँदैन । केही मानिसलाई त झन् कहिल्यै पनि यो भाइरसको लक्षण देखिँदैन । संक्रमणकालीन अवस्था मानिसमा भाइरसको संक्रमण हुने तर लक्षण नदेखिने अवस्था हो । यो मानिसअनुसार फरक पर्छ, तर औसतमा पाँच दिनको हुन्छ ।

सामान्य संक्रमण

अधिकांश मानिसलाई कोभिड–१९ को सामान्य संक्रमण देखिन्छ । यो १० जना संक्रमितमध्ये ८ जनालाई यस्तो संक्रमण देखिन्छ । ज्वरो आउनु र खोकी लाग्नु यसको सामान्य लक्षण हो ।

साथै जीउ चिलाउने, घाँटी दुख्ने र टाउको दुख्ने पनि हुन सक्छ । तर यी लक्षण भने नदेखिन पनि सक्छ ।

ज्वरो आउनुको अर्थ हाम्रो प्रतिरक्षा प्रणालीले संक्रमणसँग लडिरहेको छ भन्ने कुराको प्रमाण हो । शुरुमा यो भाइरसले हाम्रो शरीरमा आक्रमण गर्दा त्यसको प्रभावस्वरुप ज्वरो आउने, जीउ चिलाउने, दुखाइलगायतका समस्या देखिन्छन् । शुरुमा कोरोना भाइरसको कारण सुख्खा खोकी लाग्छ ।

यस किसिमका लक्षण देखिएको अवस्थामा सामान्य आरामबाट नै निको हुन्छ । यो अवस्थामा अत्यधिक मात्रामा रसिलो पदार्थ सेवन गर्नुपर्छ र औषधिको रुपमा सिटामोल खानुपर्छ ।

त्यसको लागि अस्पतालको विशेष स्याहार चाहिँदैन । यो अवस्था एक साताजतिमा सकिन्छ । यो अवधिमा धेरैजसो मानिस निको हुन्छन् । तर, केही मानिसमा भो संक्रमण अझै जटिल हुन्छ ।

चिन्ताजनक अवस्था

यो भाइरस संक्रमण भएको सामान्य अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले सामना गर्न सकेन र पर्याप्त स्याहार तथा आराम नपुगे रुघाखोकीको जस्तो अवस्था पनि देखिन्छ ।

हाम्रो शरीरले भाइरससँग आवश्यकताभन्दा लड्नु परेकाले यस्तो लक्षण देखिन्छन् । यसबाट अन्य संक्रमण पनि हुन पुग्छ । यस किसिमको संक्रमणलाई सन्तुलनमा ल्याउनु जरुरी हुन्छ । फोक्सोमा यसको संक्रमण बढ्दा निमोनिया हुन्छ ।

निमोनिया हुँदा मानिसले श्वासप्रश्वासमा असहज महसुस गर्छ । यस्तो अवस्थामा बिरामिलाई भेन्टिलेटरको पनि आवश्यकता पर्छ । यस्तो अवस्थामा पुगिसकेका १४ प्रतिशत मानिसमा यो अवस्थामा पुग्ने गरेका छन् ।

गम्भीर अवस्था

अहिलेसम्म छ प्रतिशत संक्रमित जटिल अवस्थामा पुग्ने अनुमान छ । यो अवस्थामा भने शरीरले काम गर्न छाडिसकेको हुन्छ । तर, अझै पनि बिरामि बाँच्ने सम्भावना भने अझै बाँकी हुन्छ । यो अवस्थामा बिरामीको प्रतिरक्षा प्रणाली नियन्त्रणभन्दा बाहिर गइसकेको हुन्छ ।

यस्तो अवस्थामा मानिसको रक्तचाप निकै कम भइसकेको हुन्छ । यो अवस्थामा पुगिसकेका मानिसको फोक्सोले पनि राम्रोसँग काम गर्न सक्दैन । त्यसैले शरीरमा पर्याप्त मात्रामा अक्सिजन पनि पुगिरहेको हुँदैन ।

अक्सिजन नपुगेपछि मिर्गौलाले रगत छान्न पनि सक्दैन । यस्तो अवस्थामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गराउने नै यसको उपचार हो । यस्तो अवस्थामा मानिसलाई बचाउनु निकै कठिन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment