
१० चैत, काठमाडौं । लामो दुरीका यात्रुबाहक सार्वजनिक सवारी साधन आजबाट बन्द भएका छन् । यातायातका साधन बन्द भएपछि काठमाडौंको गोंगबुस्थित बसपार्क आज सुनसान छ ।
कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।
सरकारले चैत ९ गतेदेखि नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्रिभुवन विमानस्थल पनि सुनसान भएको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4