
१० चैत, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब दिने घोषणा गरेकी छन् ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने घोषणा गरेको जानकारी दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।
उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4