Comments Add Comment

कोरोना विरुद्धको जन–जगरणमा यसरी हातेमालो गर्दैछन् बलिउडकर्मी

वैश्विक संकटको रुपमा फैलिदै गएको कोरेनाको कालो छाँयाले भारतलाई पनि घेराबन्दी गरिसकेको छ । कोरोनाको संभावित जोखिमबाट सुरक्षित रहन भारतिय सरकारले ‘जनता कफ्र्यु’को अवधारणा लागु गरेको छ । अतः संकटको यो घडीमा राज्यसँगै हातेमालो गरेर बलिउडकर्मीहरु सन्देश प्रवाह गर्नेदेखि मनोबल उकास्नेसम्मको भूमिकामा खटिएका छन् । नरेन्द्र मोदीको पक्षधर नरहेका बलिउडकर्मीहरु समेत अहिले एकढिक्का भएर सरकारको साथ र समर्थनमा जुटेका छन् ।

यो पनि पढ्नुहोस टिप्पणी : कुना पसे कलाकार ?

बलिउडकर्मीले एकजुट भएर कोरोनको संवेदनशिलता दर्शाउँदै सजग रहन सुझाव दिइरहेका छन् । अभिनेता सलमान खानले एक भिडियोमार्फत अहिले आफुहरु गंभीर समस्यासँग जुधिरहेकाले कफ्र्युको पालना गर्न अनुरोध गरेका छन् । उनले के पनि भनेका छन् भने, बसमा, रेलमा, सडकमा जहाँपनि कोरोना भाइरस हुनसक्छ, त्यसैले सजग रहनुपर्छ ।

त्यसो त आमिर खानदेखि शाहरुख खानसम्मले यस्तै सन्देश प्रवाह गरिरहेका छन् । उनीहरुले यतिबेला संयम अपनाएर सरकारले जे भनिरहेको छ त्यसलाई चुपचाप सुन्नु र पालना गर्नुपर्ने सुझाव दिएका छन् । अक्षय कुमारले एक भिडियोमार्फत भनेका छन्, ‘यो गंभिर स्थिती हो । पार्टी गर्नु र विवाहमा जान बन्द गरौं । घरमै बसौं र देशको हितमा सहयोग गरौं ।’

अधिकांश बलिउडकर्मीले कसरी हात धुने, कसरी व्यक्तिगत दुरी कायम गर्ने, कसरी आत्म मनोबल उकास्ने जस्ता कुरामा सुझाव र सल्लाह प्रवाह गरिरहेका छन् ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको जनता कफ्र्युलाई बलिउडकर्मीले साथ र समर्थन गरिरहेका छन् । कार्तिक आर्यनले एक भिडियो जारी गर्दै खासगरी युवाहरुलाई सम्झाउने प्रयास गरेका छन् कि जनता कफ्र्यु किन आवश्यक छ भन्ने कुरा ।

त्यसो त बलिउडकर्मीले टिकटकदेखि इन्टाग्रामसम्मलाई अहिले सन्देश प्रवाहको माध्यम बनाएका छन् । उनीहरुले आफ्ना प्रशंसकलाई हात धुन, सुरक्षित रहन सिकाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment