
हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज’को प्रशारण रोकिने भएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माणपक्षले प्रशारण रोकिएको जानकारी दिएको हो ।
कोरोनाको त्रासका कारण रोडिजको प्रशारण रोकिएको निर्देशन अमनप्रताप अधिकारीले बताए । उनले भने, ‘कोरोनाको त्रासका कारण नेपाल नै लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा हामीले प्रशारण गर्नु उचित ठानेनौँ । त्यसैले अनिश्चित समयको लागि प्रशारण रोकेका छौँ ।’
अवस्था सामान्य भएपछि पुन: सोही समयमा प्रशारण सुरु गरिने निर्देशक अधिकारीको भनाई छ ।
हिमालय रोडिजको यात्रा अहिले टप ५ प्रतियोगीसम्म आइपुगिसकेको छ । आशिष राना ‘लाहुरे’को ‘टिम ग्रिन’मा र अनुप विक्रम शाहीको ‘टिम रेड’मा दुई-दुई प्रतियोगी बाकीँ रहेका छन् भने समन श्रेष्ठको ‘टिम ब्लु’मा एक जना प्रतियोगी बाकीँ रहेका छन् । दीया मास्केको ‘टिम एल्लो’ भने रित्तो भएको छ ।
फ्रेन्चाइज शो रोडिजलाई रेमनदाश श्रेष्ठले होस्ट गरिरहेका छन् । रोडिजको १५ एपिसोडसम्म प्रशारण भइसकेको छ भने ३ एपिसोड प्रशारण हुन बाकीँ रहेको छ ।
प्रतिक्रिया 4