News Summary
Generated by OK AI. Editorially reviewed.- टिभी रियालिटी शो 'हिमालय रोडिज' को सातौं सिजनका विजेता अनिश तामाङलाई १० लाख रुपैयाँ र यामहा मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरियो।
- विजेता तामाङले आफू नेपाली सेनाबाट प्रतिनिधित्व गरेको र विभागीय संस्थाबाट पनि युवाले भाग लिन सक्ने बताए।
- उपविजेता रोजिता लामालाई ६० लाखको शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ र आठौं सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिइयो।
काठमाडौं । टिभी रियालिटी शो ‘हिमालय रोडिज’ को सातौं सिजनका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । मंगलबार आयोजित समारोहमा टेलिभिजन र प्रायोजकको तर्फबाट उपाधि विजेता अनिश तामाङलार्ई पुरस्कार प्रदान गरियो ।
हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तामाङलाई १० लाख रुपैयाँको चेक प्रदान गरे । एमएडब्लू राइडका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले यामहा मोटरसाइकल प्रदान गरे ।
पुरस्कार ग्रहण गर्दै विजेता तामाङले आफू नेपाली सेनाबाट प्रतिनिधित्व गरेको र यस्तै विभागीय संस्थाबाट पनि युवाले भाग लिन सक्ने बताए । उनले जुनसुकै पेशामा आबद्ध युवाले रोडिजमा भाग लिन सक्ने बताए ।
उपविजेता रोजिता लामाले अरु महिलाले पनि आफूलाई देखेर रोडिजमा आउनुपर्ने बताइन् । ‘म त फाइनल सम्म आइपुगेँ, अरु महिला टाइटल जित्ने उद्देश्य लिएर आउनूस’ उनले भनिन् ।

लामालाई एआइटीएम कलेजले ६० लाखको शैक्षिक छात्रवृत्ति प्रदान गरेको थियो ।
सो अवसरमा विजयी ग्याङ लिडर अनुपविक्रम शाही, होस्ट रेमनदास श्रेष्ठ र अमनप्रताप अधिकारी पनि उपस्थित थिए । सो अवसरमा हिमालय रोडिज आठौं सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिइयो ।
प्रतिक्रिया 4