
News Summary
Generated by OK AI. Editorially reviewed.- एड्भेन्चर रियालिटी शो 'हिमालय रोडिज'को सातौं सिजनमा अमनप्रताप अधिकारीलाई 'हेल' समूहको को-होस्टको रुपमा परिचय गराइएको छ।
- सातौं सिजनको थिम 'स्वर्ग र नर्क' तय गरिएको छ र शोका निर्देशक सिमोस सुनुवारले अमनलाई रोचक 'एन्टीहिरो' पात्रको रुपमा देखाउन खोजेका छन्।
- अमनले भने, 'जब म शोभित्र हुन्छु तब धमाका हुन्छ र हेलको प्रवेशपछि टास्कलाई कठिन पर्छ' र शो प्रत्येक सोमबार राती ९ बजे प्रसारण हुन्छ।
काठमाडौं । एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को सातौं सिजनमा अमनप्रताप अधिकारीको प्रवेश भएको छ । सोमबार प्रसारित पहिलो एपिसोडमा अमनलाई ‘हेल’ समूहको प्रतिनिधित्व गर्ने को-होस्टको रुपमा परिचय गराइयो ।
हेभन समूहको प्रतिनिधिको रुपमा रेमनदास श्रेष्ठ होस्टमा छन् । ‘हिमालय रोडिज’को पहिलो, दोस्रो र तेस्रो सिजन निर्देशनको अनुभव बटुलेका अमनलाई सातौं सिजनमा रोचक ‘एन्टीहिरो’ पात्रको रुपमा देख्न सकिने जनाइएको छ ।
सातौं सिजनमा ‘स्वर्ग र नर्क’को थिम तय गरिएको छ । शोका निर्देशक सिमोस सुनुवारले होस्ट रेमनदासलाई टक्कर दिन सक्ने अनुहारको खोजी गर्दा अमनलाई इन्ट्री गराइएको बताए ।
‘रोडिजलाई ऊभन्दा अर्को व्यक्तिले गहिराइमा बुझ्न सकेको छैन । ऊ स्वयम पनि खेलकुद क्षेत्रको राम्रो प्रस्तोता हो’ सिमोसले अनलाइनखबरसँग भने, ‘उसभित्र रोडिजावाल एलिमेन्ट थियो । ऊ अहिले खुसी छ ।’
रोडिजमा आफूलाई प्रस्ताव राखेर निर्देशक सुनुवारले दर्शकलाई सरप्राइज दिएको अमनले बताए । ‘जब म शोभित्र हुन्छु । तब धमाका हुन्छ । हेलको प्रवेशपछि टास्कलाई कठिन पर्छ । उनीहरूलाई दुःख दिने कुरा हुन्छ’ अमनले भने ।
सिमोस आफ्ना मिल्ने साथी रहेको अमन बताउँछन् । सिमोसबारे उनले भने, ‘उसले बनाएको कन्सेप्ट हो यो । उसले त्यस्तो सोच्नु नै मलाई राम्रो लाग्यो ।’ ‘हिमालय रोडिज’ प्रत्येक सोमबार राती ९ बजे प्रसारण हुन्छ ।
प्रतिक्रिया 4