
News Summary
Generated by OK AI. Editorially reviewed.- केदार घिमिरे स्टारर फिल्म 'माग्ने राजा'ले १२ औं दिनसम्म ४ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
- फिल्म 'माग्ने राजा'मा केदारले धनी बन्ने सपना बोकेको पात्रको भूमिका निर्वाह गरेका छन्।
- ऋषि लामिछाने निर्देशित र मुनाल घिमिरे निर्मित फिल्मले तीजको छेको र पहिलो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको थियो।
काठमाडौं । केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ ।
‘माग्ने बुढा’को नामले चर्चित कलाकार घिमिरेको पहिलो लिड रोल रहेको यो फिल्म उनको ‘स्टारडम’को एक परिक्षा पनि थियो ।
ऋषि लामिछाने निर्देशित फिल्मले १२ औं दिनसम्म ४ करोडभन्दा धेरैको ब्यापार गरेको छ । मंगलबारसम्म फिल्मको कमाइ ४ करोड ९ लाख रुपैयाँ ग्रस छ ।
यो फिल्मले तीजको छेको र पहिलो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको थियो । मुनाल घिमिरेको निर्माण र लामिछानेको निर्देशन रहेको यो फिल्ममा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निर्वाह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4