
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता केदार घिमिरेले सौन्दर्य प्रतियोगिता 'एमस नेपाल इन्टरनेसनल २०२३' विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन्।
- घिमिरेले सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगेर उपचाररत सुवेदीलाई सहयोग प्रदान गरेका हुन्।
- सुवेदी फोक्सोको क्यान्सरको उपचारमा रहेकी छन् र उनले २०२३ मा उक्त प्रतियोगिता जितेकी थिइन्।
काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले स्वास्थ्य समस्याबाट जुधिरहेकी सौन्दर्य प्रतियोगिता ‘एमस नेपाल इन्टरनेसनल २०२३’ विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
सुवेदीको उपचार भैरहको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगेर उनले अर्थ सहयोग प्रदान गरे ।
‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो । मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेले भने ।
उनले संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे । प्रतियोगिताका प्रमुख निशुकान्त झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग प्रेरणादायी रहेको बताए ।
‘माग्ने बुढाले’ यसअघि ललितपुरमा आयोजित समारोहमा सुवेदीलाई ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका थिए । केही समयदेखि फोक्सोको क्यान्सरको उपचारमा रहेकी सीताले २०२३ मा उक्त ताज जितेकी थिइन् ।
प्रतिक्रिया 4