
१८ भदौ, काठमाडौं । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ ।
तियानमेन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा विश्वका नेताहरुसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।
जापानीहरुले गरेको आक्रमणमा विजय हासिल गरेको दिनको स्मरणमा हरेक वर्ष चीनले विजयोत्सव मनाउँछ । यो ८० औं विजयोत्सव कार्यक्रम हो ।
‘भिक्ट्री–डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेका छन् । बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका थिए ।
तियानमेन स्क्वायरमा सेनाको टोलीले परेड प्रदर्शन गरेको थियो । साथै ८० हजार सेता परेवा समेत आकाशमा उडाइएको थियो ।
औपचारिक समारोह सकिएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सरिक भएपछि प्रधानमन्त्री ओली आजै काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।
हेर्नुहोस् चीनले गरेको शक्ति प्रदर्शन–
सबै तस्वीरहरु : सिन्ह्वा र एपीबाट
प्रतिक्रिया 4