+
+
Shares

दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १०:१४

१८ भदौ, दमौली (तनहुँ) । तनहुँमा दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मंगलबार राति  ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ पोखरा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?