
२५ असार, विराटनगर । झापामा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो करिब ३:४० बजेतिर भारती नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको हो ।
दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् । मोटरसाइकलमा सवार मृतकको पहिचान खुलेको छैन ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियोे ।
दुर्घटनामा राजवंशीकी बुहारी २७ वर्षीय शर्मिला र नाती ३ वर्षीय आयुश गम्भीर घाइते भएका छन् । उनीहरूको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4