News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त विद्यार्थी संगठनले ६२औँ विद्यार्थी दिवसको अवसरमा त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्याली प्रदर्शन गरेको छ।
- संगठनले विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध गरेको छ।
- विरोध र्यालीमा विद्यार्थीहरूले 'विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर', 'विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ' लगायत नारा लेखिएको प्लेकार्ड बोकेको थिए।
१ जेठ, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका छन् ।
६२औँ विद्यार्थी दिवसको अवसरमा संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्याली प्रदर्शन गरेका हुन् ।
विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्याली गरेका हुन् ।
‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’ भन्ने शुक्रबार विद्यार्थी दिवस मनाइँदै छ ।
विरोध र्यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’, ‘सरकार विश्वविद्यालय आऊ हामी पढाउँछौं’, ‘नबोल्ने कायरता बोल्न दिने अच्याचार दुवै सहिँदैन’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।























यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4