
दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो ।
१८ भदौ, काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसले दुई जनालाई ठक्कर दिएको छ ।
दुर्घटनामा ९ वर्षका विवेक तामाङ र ५ वर्षीया आशिका राई घाइते भएका छन् । तामाङलाई उपचारका लागि माइतीघरस्थित न्यूरो अस्पताल लगिएको छ । उनको अवस्था जटिल रहेको प्रहरीले बताएको छ ।
अर्का घाइते राईलाई भने प्रदर्शनीमार्गस्थित काठमान्डु मोडल अस्पताल लगिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।
(यसअघि समाचारमा एक जनाको मृत्यु भएको भन्ने वाक्यांश परेकाले क्षमा माग्दै हटाइएको छ । सं.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4