+
+
Shares

ट्रम्पको आरोप : सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १०:४७

१८ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र किम देखिएका थिए । उनीहरुसँगै अन्य विभिन्न २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी भएका छन् ।

चीनले विश्वका नेताहरूलाई साथमा लिएर शक्ति प्रदर्शन गरिरहँदा ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत टिप्पणी गर्दै अमेरिकाविरुद्धको षडयन्त्र भनेका हुन् । ‘भ्लादिमिर पुटिन र किम जोङ-उनलाई मेरो हार्दिक अभिवादन पुर्‍याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ’, उनले लेखेका छन् ।

ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको बलिदान सम्झिंदै अमेरिकी सैनिकलाई सम्मानपूर्वक स्मरण गर्न आग्रह गरेका छन् । ‘चीनको विजय र गौरवको खोजीमा धेरै अमेरिकीले ज्यान गुमाए । म आशा गर्दछु कि उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिनेछ’,  ट्रम्पले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?