
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकाले आफ्नो सैनिक नपठाउने स्पष्ट पारेका छन्।
- ट्रम्पले फ्रान्स, जर्मनी र बेलायतले युक्रेनमा सेना पठाउन चाहेको र त्यसले समस्या नपर्ने बताए।
- ट्रम्पले पुटिन र जेलेन्स्कीबीच सम्भावित बैठकका लागि लचिलोपन आवश्यक रहेको र उनीहरू साथी बन्न नसक्ने बताए।
३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा अमेरिकाले आफ्नो सैनिक नपठाउने बताएका छन् ।
सुरक्षा ग्यारेन्टीको नाममा के अमेरिकाले युक्रेनमा सैनिक पठाउँछ ? भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले अमेरिकाले सैनिक नपठाउने बताए ।
तर, युरोपेली देशले भने युक्रेनमा सेना पठाउने चाहेको उनले बताए ।
‘फ्रान्स, जर्मनी र बेलायत लगायतका देशले युक्रेनमा आफ्नो सेना पठाउन चाहेका छन् र त्यसले केही समस्या सिर्जना गर्छ जस्तो मलाई लाग्दैन,’ ट्रम्पले भने ।
फक्स न्यूजसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसहितको संभावित बैठकबारे के अपडेट छ भनेर सोधिएको थियो । जवाफमा ट्रम्पले आफूले सोमबार पुटिनलाई टेलिफोन गरेको र राम्रो व्यवहार देखाउने अपेक्षा राखेको बताए ।
‘अब यस्तो भएन भने कठिन हुन्छ,’ उनले भने ।
‘पुटिन र जेलेन्स्की अब साथी बन्छन् जस्तो लाग्दैन’
युक्रेनी राष्ट्रपति जेलेन्स्कीका विषयमा ट्रम्पले बातचितका लागि लचिलोपन देखाउनुपर्ने बताए ।
‘म अपेक्षा राख्छु जेलेन्स्कीले त्यही निर्णय गर्छन् जुन यतिबेला उनले गर्नुपर्नेछ,’ ट्रम्पले भने ।
तर, अब कहिल्यै पुटिन र जेलेन्स्की साथी बन्न सक्छन् भन्ने आफूलाई नलागेको ट्रम्पको भनाइ छ ।
‘मलाई लाग्दैन जेलेन्स्की र पुटिन सबभन्दा राम्रो साथी बन्न सक्छन् जस्तो तर, निर्णय उनीहरूले नै लिनुपर्नेछ’, उनले भने ।
प्रतिक्रिया 4