
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मोहर'ले प्रदर्शनको २६ दिनमा ५ करोड रुपैयाँ ग्रसको नजिक कमाइ गरेको छ।
- ओम प्रतीक निर्देशित फिल्मले १ करोड ८६ लाख रुपैयाँ बजेटको लगानी बक्सअफिसबाटै सुरक्षित गरेको छ।
- देशभर १६५ हलमा प्रदर्शन भइरहेको फिल्मको प्रचारप्रसारमा कलाकार टोली सक्रिय छ।
काठमाडौं । फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको २६ दिनसम्म फिल्मको कमाइ ५ करोड रुपैयाँ ग्रसको नजिक पुगेको छ ।
मंगलबार (१७ भदौ)सम्म ओम प्रतीक निर्देशित फिल्मको कमाइ ४ करोड ९२ लाख रुपैयाँ ग्रस छ । फिल्मले हल्का पिकअप लिए आगामी सप्ताहन्तको छेकोमा ५ करोडको आँकडा छुने प्रक्षेपण गर्न सकिन्छ ।
अहिले पनि यो फिल्मको देशब्यापी शोज संख्या सुखद देखिएको छ । १ करोड ८६ लाख रुपैयाँ बजेटको फिल्मले बक्सअफिसबाटै लगानी सुरक्षित गरेको देखिएको छ ।
फिल्मको यो कमाइले कलाकार पल र नीति शाहलाई ठूलै राहत दिएको छ । अर्की अभिनेत्री बेनिशा हमाल पनि अर्को हिट फिल्मको खोजीमा थिइन् । लामो समयपछि निर्देशनमा फर्किएका प्रतीकलाई यो फिल्मले उत्कृष्ट कमब्याकमा मद्दत गरेको छ ।
सुदुरपश्चिमको देउकी प्रथाको कथावस्तुमा निर्माण भएको यो सोसल ड्रामा फिल्मको प्रचारप्रसारमा अहिले पनि कलाकार सहितको टोली सक्रिय छ ।
अहिले देशभर १६५ हल छन् र सबै रियल टाइम बक्सअफिसमा जडान भैसकेका छन् ।
प्रतिक्रिया 4