+
+
Shares
बक्सअफिस :

रिलिजअघि ‘कुली’ले कमायो ८५ करोड, नेपाल ओपनिङ कस्तो होला ?

बलिउड हंगामाको रिपोर्टअनुसार, रिलिजअघि नै फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट १०० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ । विहिबारको रिलिजमा कीर्तिमान रच्न लागेको तामिल फिल्मका लागि यो अंक अभूतपूर्व हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय फिल्म 'कुली'ले विश्वभर ८५ करोड भारुको अग्रिम टिकट बिक्री गरी 'वार २' भन्दा ७० करोड बढी कमाइसकेको छ।
  • 'वार २' ले विश्व बक्सअफिसमा अहिलेसम्म १५ करोड भारुको मात्र अग्रिम टिकट बिक्री गरेको छ।
  • नेपालमा 'कुली' को एड्भान्स टिकट बिक्री सुरु भई डेढसय हलमा रिलिज हुने तयारी छ र धमाकेदार ओपनिङको अपेक्षा गरिएको छ।

काठमाडौं । शुक्रबारदेखि दुई प्रतीक्षित भारतीय फिल्महरू ‘कुली’ र ‘वार २’सँग एकसाथ रिलिज हुँदैछन् । रिलिजअघि नै विश्व बक्सअफिसमा ‘कुली’ले ‘वार २’भन्दा फराकिलो अग्रता लिएको देखिएको छ ।

रजनीकान्त स्टारर फिल्मले ऋतिक रोशन र जुनियर एनटीआरको फिल्मभन्दा ७० करोडभन्दा धेरै रकमको अग्रिम टिकट बिक्री गरेको छ । लोकेश कनगराज निर्देशित फिल्मले अहिलेसम्म विश्वभर ८५ करोड भारुको एड्भान्स टिकट बिक्री गरेको छ ।

बलिउड हंगामाको रिपोर्टअनुसार, रिलिजअघि नै फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट १०० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ । विहिबारको रिलिजमा कीर्तिमान रच्न लागेको तामिल फिल्मका लागि यो अंक अभूतपूर्व हो ।

‘वार २’ले चाहिँ विश्व बक्सअफिसबाट अहिलेसम्म १५ करोड भारुको मात्र अग्रिम टिकट गर्न सकेको छ । जुन, स्टारकास्ट र हाइप भएको फिल्मका लागि न्यून आँकडा हो ।

विश्वभर ‘वार २’, अर्को फिल्म ‘कुली’भन्दा ७० करोडले पछाडि छ । अयान मुखर्जी निर्देशित फिल्मले यो अंकलाई उसको ओपनिङ डेमा पनि हासिल गर्न सक्ने देखिँदैन ।

नेपालमा एड्भान्स टिकट विक्री सुरु, ओपनिङ कस्तो होला ?

मंगलबार अपरान्हबाट नेपालका हलले ‘कुली’को एड्भान्स टिकट विक्री थालेका छन् । शो प्रकाशित गरेका हलले यो फिल्मलाई उत्साहजन शो प्रदान गरेको देखिन्छ ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीका अनुसार ‘कुली’ नेपालका डेढसय हलबाटै रिलिज हुने तयारीमा छ । ‘हामीले धमाकेदार ओपनिङको अपेक्षा गरेका छौं’ उनले भने, ‘शो पनि उत्साहजनक हुने देखिन्छ ।’

भारतसहित विश्व बजारको ओपनिङको खबरले नेपालमा समेत यसको सकारात्मक प्रभाव पर्ने आशा उनले व्यक्त गरे । नेपाली बजारमा समेत रजनीकान्त, आमिर खान लगायतका स्टारको प्रभाव भएकाले वितरकले नेपालमा पनि ओपनिङ बलियो हुने आशा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?