+
+
Shares

शोमा ‘कुली’ र ‘वार २’को वर्चस्व, ‘मोहर’ र ‘सिटामोल’ले कति पाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा बिहीबारदेखि दुई भारतीय फिल्म 'कुली' र 'वार २' रिलिज भएका छन्।
  • 'वार २'ले २३९ शो र 'कुली'ले १८५ शो पाएका छन्।
  • यी फिल्मले 'मोहर' र 'सिटामोल'को शो र प्रदर्शनमा गिरावट ल्याएको छ।

काठमाडौं । विहिबारदेखि नेपालमा दुई प्रतीक्षित भारतीय फिल्म रिलिज हुँदैछन् । हाइप, स्टारकास्ट लगायतका सूचक हेरेर हलले सोहीअनुसार ‘कुली’ र ‘वार २’लाई शो दिएका छन् ।

सबैभन्दा धेरै ‘वार २’ले २३९ वटा शो पाएको छ । ‘कुली’ले १८५ शो पाएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा भने ‘कुली’को हाइप धेरै देखिन्छ ।

यी दुई फिल्मले कूल ४२४ शो पाउँदा प्रदर्शनरत दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’को शो र प्रदर्शन प्रभावित हुने देखिन्छ ।

भारतीय फिल्म आउँदा चलिरहेका नेपाली फिल्मलाई एकदिन छोटो सप्ताहन्त प्राप्त भएको छ ।

‘मोहर’ले १३१ शो र ‘सिटामोल’ले ३९ शो पाएका छन् । दुबै नेपाली फिल्मको शो संख्यामा गिरावट देखिन्छ ।

सबैभन्दा धेरै सौगात मल्ल स्टारर ‘सिटामोल’को शो संख्यामा गिरावट देखिन्छ । ‘मोहर’को भने सन्तोषजनक शो संख्या छ । पल शाह स्टारर फिल्मले सकारात्मक वर्ड अफ माउथ प्राप्त गरेको छ ।

सुरुवाती ३ दिनमा १ करोड ग्रस कमाएको ‘मोहर’ दोस्रो सप्ताहन्तमा समेत केही बलियो हुने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?