+
+
Shares

रजनीकान्तलाई करिअरकै ठूलो ओपनिङ, ‘कुली’लाई पहिलो दिन विश्वभर १०० करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ’कुली’ले विश्व बक्सअफिसमा पहिलो दिन १४० करोड भारुभन्दा बढी कमाएर तमिल सिनेमाको नयाँ रेकर्ड बनाएको छ।
  • ’कुली’ले भारतमा ६५ करोड भारुको नेट कलेक्सन गरेको छ, जसमा तमिल संस्करणबाट ४५ करोड र तेलुगुबाट १५ करोड भारु कमाएको छ।
  • ऋतिक रोशन र जुनियर एनटीआरको ’वार २’ले पहिलो दिन ५२.५० करोड भारु कमाएको छ भने ’कुली’ले यसलाई पछाडि छाडेको छ।

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ग्याङ्स्टर एक्सन ड्रामा ’कुली’ले विश्व बक्सअफिसमा ब्लकबस्टर सुरुवात गरेको छ ।

बक्सअफिसमा यसले ऋतिक रोशन र जुनियर एनटीआरको ’वार २’सँग प्रतिस्पर्धा गरिरहेको थियो । ’कुली’ले पहिलो दिनमा ’वार २’लाई बक्सअफिस अंकमा पछाडि छाडेको छ ।

तमिल भाषामा बनेको यो प्यान इन्डिया फिल्मले रजनीकान्तलाई उनको ५० वर्षको करियरको सबैभन्दा ठूलो ओपनिङ दिएको छ । थलापति विजयको ’लियो’लाई पछि पार्दै तमिलमा पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड पनि बनाएको छ । १५ अगस्टमा भारतीय स्वतन्त्रता दिवसको दिनमा फिल्मले भारतमा उछाल कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

स्याकनिल्कको रिपोर्टअनुसार, ’कुली’ले बिहीबार भारतमा ६५ करोड भारुको नेट कलेक्सन गरेको छ । यसमध्ये सबैभन्दा बढी ४५ करोड रुपैयाँ तमिल संस्करणबाट कमाएको छ । तेलुगुमा १५ करोड भारुको ब्यापार भएको छ ।

हिन्दी संस्करणले ४.५ करोड भारु र कन्नड संस्करणले ५० लाख भारु कमाएको छ । ’कुली’ ती दुर्लभ तमिल फिल्ममध्ये एक हो जसले हिन्दी बेल्टमा पनि आफ्नो छाप छोडेको छ । यो फिल्मले विदेशी बक्स अफिसमा ब्लकबस्टर सुरुवात गरेको छ ।

प्रारम्भिक अनुमानअनुसार, यसले भारत र विदेशसहित विश्वभर पहिलो दिन १४० करोड भारुभन्दा बढी कमाएको छ, जुन तमिल सिनेमाको लागि नयाँ रेकर्ड हो ।

ऋतिक रोशन र जुनियर एनटीआरको ’वार २’ले पहिलो दिन हिन्दी, तेलुगु र तमिलमा संयुक्त रूपमा ५२.५० करोड भारु कमाएको छ । यसमध्ये हिन्दीमा २९ करोड, तेलुगुमा २३.२५ करोड र तमिलमा २५ लाख कमाएको छ ।

लोकेश कनागराज निर्देशित ’कुली’को बजेट ३७५-४०० करोड भारु छ । फिल्ममा रजनीकान्त, नागार्जुन र श्रुति हासनले अभिनय गरेका छन् । आमिर खानको पनि छोटो भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?