+
+
Shares

गोरखामा भदौ महिनामै मनाइयो दशैं, के छ कारण ?

२४ घण्टाको एक दिन भनिए पनि ३.२७ सेकेन्ड अपुग हुन्छ । दिनहुँ यसरी समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ । त्यसैले दशैं एक महिना अगाडि सरेको भन्दै भदौमै मनाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते ९:२८

१८ भदौ, गोरखा । गोरखाका केही स्थानमा एक महिनाअघि नै दशैं पर्व मनाइएको छ ।

सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकाका केही स्थानमा मंगलबार टीका–जमरा लगाएर दशैं मनाइएको हो ।

यसको अगुवाइ ‘पर्व समय सुधार राष्ट्रिय समाज’ले गर्दै आएको छ । समाजले पर्व समय सुधार भन्दै एक महिनाअघि नै दशैं पर्व मनाएको बताएको छ ।

समाजले यही भदौ ८ गते घटस्थापना भन्दै सिरानचोक गाउँपालिकाको श्रीनाथमण्डली देवीथानमा जमरा राखेको थियो । भदौ १४ गते फुलपाती र १५ गते बलिसहितको अष्टमी पूजा गरिएको समाज गोरखाकी अध्यक्ष तुलसा मरहट्टाले बताइन् ।

मंगलबार तिनै पालिकाका केही विद्यालयहरुमा टीका जमरा लगाएर दशैँ मनाइएको उनले बताइन् ।

२४ घण्टाको एक दिन भनिए पनि ३.२७ सेकेन्ड अपुग हुने र दिनहुँ यसरी समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैं एक महिना अगाडि सरेको समाजको दाबी छ ।

केही वर्षदेखि गोरखाका केही स्थानमा समाजले यसरी नै दशै मनाउँदै आएको छ । पर्वहरुको शास्त्र स्थापित मौलिक पक्षलाई व्यवस्थित एवं शुद्ध गर्न एक महिनाअघि खिचेर सुधार गर्नुपर्ने आवश्यक रहेको समितिको भनाइ छ ।

नेपालका अध्यक्ष खगोलविद् प्रा.डा. जयन्त आचार्य छन् । उनी नेतृत्वको समाजले भदौ २ गते शाखा तथा समितिहरूलाई पत्राचार गरेर दशैंको टीका भदौ १७ गते र तिहारको भाइटीका असोज ७ गते मनाउन भनेको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने यो वर्षको विजया दशमी (टीका) को मिति असोज १६ गते तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?