+
+
Shares

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि काठमाडाैं र चितवनमा बारपाक सुलिकोटको घुम्ती शिविर

स्थायी बसोबासी पालिकामा भएपनि हाल काठमाडाैं र चितवनमा रहँदै आएकाहरुको सहजताका लागि घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेद्वारा जारी सूचनामा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते २१:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि साउन २६ देखि ३१ गतेसम्म काठमाडाैं र चितवनमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
  • घुम्ती शिविरमा स्थानीय कार्यालयका कर्मचारीहरू खटिनेछन् र स्थायी बसोबासी भएपनि हाल काठमाडाैं र चितवनमा रहेका लाभग्राहीलाई सेवा दिने योजना छ।
  • शिविरमा लाभग्राहीहरूले तोकिएको मितिमा आवश्यक कागजातसहित सम्बन्धित स्थानमा अनिवार्य उपस्थित हुनुपर्ने गाउँपालिकाले अनुरोध गरेको छ।

१५ साउन, काठमाडाैं। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

सामाजिक सुरक्षा भत्ता नियमावली २०७६ र सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ को आधारमा घुम्ती सेवा प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको हो ।

पालिकाका अनुसार लाभग्राहीहरूलाई गाउँमै सेवा दिन घुम्ती शिविर सञ्चालन हुनेछ । घुम्ती शिविर यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडाैं र चितवनमा सञ्चालन हुनेछ ।

सेवामा स्थानीय कार्यालयका कर्मचारीहरू खटिनेछन् । स्थायी बसोबासी पालिकामा भएपनि हाल काठमाडाैं र चितवनमा रहँदै आएकाहरुको सहजताका लागि घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेद्वारा जारी सूचनामा उल्लेख छ ।

शिविर हुने मिति, स्थान र लक्षित वडावासी :

मिति स्थान वडा
साउन २६ गणेश खाजा घर, रिजाल चोक, चितवन १ देखि ८ वडाका लाभग्राही
साउन २७ गणेश खाजा घर, रिजाल चोक, चितवन १ देखि ८ वडाका लाभग्राही
साउन २९ ताकुकोट सेवा समाजको कार्यालय, वनस्थली, काठमाडाैं १ देखि ४ वडाका लाभग्राही
साउन ३० ताकुकोट सेवा समाजको कार्यालय, वनस्थली, काठमाडाैं ५ देखि ८ वडाका लाभग्राही
साउन ३१ ताकुकोट सेवा समाजको कार्यालय, वनस्थली, काठमाडाैं सम्पूर्ण छुट लाभग्राही

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई तोकिएको मितिमा सम्बन्धित स्थानमा आवश्यक कागजातसहित अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?