Comments Add Comment

सुपरमार्केटभित्र महिलाले खोकेपछि फ्याँकियो आधा करोडको सामान

अहिले कोरोना भाइरस भन्ने बित्तिकै मानिसहरु त्राहीमाम बनेको अवस्था छ । दुनियाँको आधाजसो जनसंख्या त यही भाइरसका कारण लकडाउनमा परेको छ ।

कोरोना भाइरसले मान्छेमा कतिधेरै त्रासको सिर्जना गरेको छ भन्ने कुरालाई पुष्टि गर्ने एउटा अनौठो घटना हालै अमेरिकामा भएको छ ।

अमेरिकाको पेन्सिल्भेनियामा एउटा सुपरमार्केटभित्र एकजना महिलाले खोकेपछि त्यहाँ भागदौड मात्र मच्चिएन सुपरमार्केटमा रहेका लाखौँ सामान फ्याँकिएका छन् ।

महिलाको एउटा खोकीका कारण त्यसरी फ्याँकिएका सामानको मूल्य ३५ हजार डलर अर्थात् झण्डै आधा करोड नेपाली रुपैयाँ रहेको छ ।

समाचार अनुसार सुपरमार्केट भित्र छिरेर बेकरी खण्डमा पुग्ने बित्तिकै ती महिला खोक्न सुरु गरेकी थिइन् । त्यहाँ मासु तथा अन्य खाद्यान्नका सामानहरु पनि थिए । ती महिलाले लगातार खोकेपछि उनलाई कोरोना भएको हुनसक्ने आशंका गरियो ।

उनले खोकेका थुकका छिटाहरु त्यहाँका सामानहरुमा परेको हुनसक्ने भन्दै सुपरमार्केटका व्यवस्थापकले तत्कालै त्यहाँका सामानहरु बाहिर फ्याँक्न लगाए ता कि अन्य मानिसले ती सामानहरु छुँदा कोरोना नलागोस् ।

ती महिला सुपरमार्केटभित्र लगातार खोक्न थालेपछि त्यहाँका कर्मचारीले तत्कालै पुलिसलाई खबर गरेका थिए । पुलिस आएर ती महिलालाई पक्राउ समेत गर्‍यो ।

अन्ततः ती महिलालाई कोरोना नभएको र उनले जानीबुझी तर्साउनका लागि सुपरमार्केटभित्र गएर खोकेको पुष्टि भएको छ । यद्यपि उक्त घटनापछि सुपरमार्केटमा यत्रतत्र किटनासक औषधि हालेर सफाइ गरिएको थियो ।

ती महिलामाथि आपराधिक अभियोगमा मुद्दा चलाइने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment