Comments Add Comment

स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण : केही महंगो भएको होला, अनियमितता छैन

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ ।

१६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ । यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ ।

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ । तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उनले भने, ‘केही महंगो भएको हुनसक्छ । तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन ।’

लकडाउन सुरु भएलगत्तै मन्त्रालयले स्वास्थ्य सामाग्रीका सप्लायर्सहरुसँग छलफल गरेको र उनीहरु मध्ये दुईवटाले मात्र प्रस्ताव हालेको उनले जानकारी दिए । तर अहिले महंगो भयो, भ्रष्टाचार हुन लाग्यो भनिएको भन्दै उनले सरकारले किनेको र चीनका संघसस्थाले दिएको मूल्य तुलना गरे ।

स्वास्थ्य सेवा विभागका प्रमुख श्रेष्ठले अघि भने, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । यो भनेको करिव २ हजार रुपैयाँ पर्छ । हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं ।’

संसारभर अभाव रहेको भन्दै उनले यस्तो बेला सामान्य अवस्थाको मूल्यमा नपाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment