Comments Add Comment

महँगो गाडी आयातमा रोक, मदिरा पनि ल्याउन नपाइने

१६ चैत, काठमाडौं । सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो ।

अब ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन । सरकारले विलासी विस्तुको आयात रोक्ने नीति यसअघिदेखि नै ल्याएको थियो ।

यस्तै, मन्त्रिपरिषद्कै बैठकले मदिरा आयातमा पनि रोक लगाइउने निर्णय गरेको छ।

मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

अहिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रहेको पर्यटन क्षेत्रमा समस्यामा परेपछि सरकारले विदेशी मुद्राको सञ्चिति बचाउन यस्तो निर्णय लिएको हो ।

गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.६ प्रतिशतले बृद्धि भई गत माघ मसान्तमा १०खर्ब ९६ अर्ब ६८ करोड बराबर पुगेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब ०२ अर्ब ४४ करोड रहेकोमा माघ मसान्तमा ९ खर्ब ४७ अर्ब २४ करोड पुगेको थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा माघ मसान्तमा १ खर्ब ४९ अर्ब ४४ करोड पुगेको थियो । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment