Comments Add Comment

पिँजडाको सुगाजस्तै भएको छु : आरिफ शेख

१७ चैत, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले नेपालमा लकडाउन गरेको छ ।

लकडाउनका कारण मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । दैनिक अभ्यास गर्न मैदान गइरहने र विभिन्न प्रतियोगिताका लागि देश विदेश गइरहनुपर्ने खेलाडी घरमै मात्र बस्दा कस्तो अनुभव होला ।

लकडानका बेला घरमै क्वारेन्टाइनमा बसिरहेका खेलाडीहरुले के गरिरहेका होलान् । यसै सन्दर्भमा क्रिकेटर आरिफ शेखसंग गरिएको कुराकानी :

लकडानउमा के के गरिरहनुभएको छ ?

परिवारसंग समय बिताइरहेको छु । पकाउने, खाने, इन्डोर गेम खेल्ने ।

कोरोनाबाट बच्न के के गरिरहनुभएको छ ?

खानेकुरा मिलाएर खाइरहेको छ । समय समयमा स्यानिटाइजर प्रयोग गरिरहेको छु । स्वास्थ्यवर्धक खानेकुरा खाइरहेको छु ।

खेल्न नपाउँदा के भइरहेको छ ?

क्रिकेट बिना एकदमै बोरिङ भइरहेको छ । मेरो जीवनमा नै यो पहिलो पटक होला, म सात आठ दिन देखि म्याच र प्राक्टिसबिना बसिरहेको छु  ।

धेरै फुर्सद हुँदा कस्तो हुने रहेछ ?

पिँजडामा सुगा भएजस्तो हुनेरहेछ ।

घरबाट बाहिर निस्कन नपाउँदा के लाग्छ ?

हरेक दिन उस्तै काम दोहोर्‍याएर गरिरहँदा त्यसै बोरिङ हुने ।

मनपर्ने नेपाली खेलाडी ?

शरद भेषावकर, म ४ कक्षा पढ्दा देखि नै मन पराउन थालेको ।

मन पर्ने विदेशी खेलाडी ?

सचिन तेन्दुलकर र केभिन पिटरसन

कुन मोबाइल चलाइरहनुभएको छ ?

आइफोन ७ प्लस

क्रिकेटबाहेक मन पर्ने खेल र खेलाडी ?

फुटबल । खेलाडी धेरै छन्, तर विशेष छैन

कुन भिडियो गेम खर्ल्नुहुन्छ ?

अहिले कुनै छैन तर म टेक्केन थ्री (एक्रेड गेम) खेल्ने गर्थेँ ।

टिमको सबैभन्दा नजिकको खेलाडी ?

लगभग सबै खेलाडी क्लोज छन् ।

मन पर्ने गायक ?

पाकिस्तानका अतिफ अस्लाम

मन पर्ने अभिनेता ?

दयाहाङ राई

मन पर्ने गीत ?

अतिफ अस्लामको गीतहरु

खेलाडी नभएको भए के हुन्थ्यो ?

मेरो विचारमा खेलाडी र खेल नभएको भए मनोरन्जनको कुनै माध्यम हुँदैनथ्यो होला । सबैजना आफ्नो काममै व्यस्त हुन्थे होला । त्यसैले खेल खेलाडीले विश्वलाई एकजुट बनाउँछ ।

अहिलेसम्मको सम्झन लायक क्षण ?

हामीले ओडीआई स्ट्याटस (एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता) पाएको दिन ।

सबैभन्दा मिल्ने खेलाडी ?

सबै जना फ्रेण्डली र रमाइलो छन् त्यसैले कुनै विशेष नाम छैन ।

कोही खेलाडीसंग खेल्न मन लागेको तर नपाएको ?

केभिन पिटरसन ।

जान्नुपर्ने तर नजानेको कुरा ?

खाना पकाउन ।

मन परेको स्थान ?

नेपाल

तपाईसंग भएको महंगो सामान  ?

पल्सर एनएस २०० बाइक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment