Comments Add Comment

श्वासप्रश्वासको गलत तरिकाले प्रतिरोधक क्षमता घट्छ ?

एक दिनमा हामी लगभग २३ हजार पटक सास फेर्छौं । श्वासप्रश्वास शरीरको एक स्वचालित प्रक्रिया हो । हामीलाई हेक्का पनि हुँदैन कि हामी सास लिने र छाड्ने गरिरहेका छौं । यो काम हाम्रो शरीरले चुपचाप एकदम शान्तसँग गरिरहेको छ ।

शरीरलाई स्वस्थ, तन्दुरुस्त एवं जीवित राख्नका लागि खाना र पानीको जति आवश्यक्ता हुन्छ, त्यो भन्दा बढी अक्सिजन अर्थात हावाको । अतः श्वासप्रश्वास प्रक्रियाबाट बाहिरी हावा लिनेर छाड्ने क्रम चलिरहेको हुन्छ । यसमा हामीले अतिरिक्त काम गरिरहेका हुँदैनौं ।

यद्यपि सास लिने प्रकिया सही छैन भने त्यसको असर हाम्रो शरीरमा देखापर्छ । भनिन्छ, गलत ढंगले सास लिइरहँदा हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुनपुग्छ । किनभने शरीरलाई अवाश्यक पर्याप्त अक्सिजन नपुग्दा भित्री अंगहरुको कार्य सम्पादनमा अवरोध पुग्छ ।

अध्ययनहरुका अनुसार आधुनिक जीवनशैलीमा हुर्किएका संसारका सबै मानिसहरु गलत तरिकाले सास फेरिरहेका छन् । अध्ययन अनुसार आधुनिक मानिसले आफ्नो फोक्सोको सास भर्ने क्षमताको ३० प्रतिशत मात्रै उपयोग गरिरहेका छन् । बाँकी ७० प्रतिशत क्षमता प्रयोगमा नआउना त्यत्तिकै बेकार नै रहन्छ ।

त्यसो भए के हो त सास लिने सही तरिका ?

प्रायजसो हामी छिटो छिटो सास फेर्ने गर्छौं । तर यो सास फेर्ने गलत तरिका हो । सास सँधै पेटबाट लिनु पर्छ । यसरी ठीक तरिकाले श्वासप्रश्वास लिएमा शारीरिक रुपमा फाइदा हुने मात्रै होइन यसले मानसिक रुपमा शान्त पनि बनाउँछ ।

नाकले सास फेर्नु एक राम्रो अभ्यास हो । वास्तवमा जब हामी मुखले सास लिन्छौं त्यतिखेर फोक्सकोमा जाने धेरैजसो हावा फिल्टर हुन पाउँदैन । तर, नाकबाट सास लिनाले हावा राम्रो तरिकाले फिल्टर हुन्छ किनभने नाकको कामै सासलाई फिल्टर गर्ने हो ।

मुखबाट सास लिएमा समयमा कैयौं किसिमका भाइरस र ब्याक्टेरिया सबै तपाईंको शरीरमा प्रवेश गर्छ । यसैले हामीले सँधै नाकबाट नै श्वासप्रश्वास गर्नुपर्छ ।

जब तपाई नाकले सास खिच्नुहुन्छ त्यतिखेर हावा पेटसम्म जानुपर्छ । यदि तपाई नाकले गहिरो सास लिनुहुन्छ भने ७० देखि ८० प्रतिशत सम्म हावा डायफ्रामलाई मिल्छ । यो सास फेर्ने सबैभन्दा राम्रो तरिका हो ।

यो प्रक्रियाको सबैभन्दा राम्रो कुरा के हो भने यसले हामीलाई शुद्ध र फिल्टर भएको सास त मिल्छ नै साथै यसले डायफ्राम, लिभर, पेट र कोखको मजाज पनि गरिदिन्छ ।

धेरै छिटोछिटो र तिव्र रुपमा सास श्वासप्रश्वास गर्नाले हावा ठिकसँग शरीरमा पुग्न पाउँदैन । यसैले तपाईंले जे काम गरेपनि विस्तारै र गहिरो सास लिनुहोस् । साथै हावालाई महसुस गर्दै सासलाई पेटमा खिच्नुहोस् ।

हामीले जति धेरै अक्सिजन पेटमा खिच्छौं हाम्रो शरीर त्यति नै स्वस्थ रहन्छ । यसैले धेरै प्रदुषणयुक्त स्थानमा जानबाट बच्नुहोस् र यस्तो स्थानमा जानुहोस् जहाँको हावा स्वस्थ र स्वच्छ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment