
News Summary
Generated by OK AI. Editorially reviewed.- द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले २०८० सालको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरेको छ।
- अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिरलाई प्रविधिगत प्रगति मार्फत दिगो आर्थिक वृद्धिका पूर्वसर्त पहिचान गरेको योगदानका लागि आधा पुरस्कार दिइने छ।
- बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंन र ब्राउन युनिभर्सिटीका पिटर होविटलाई रचनात्मक विनाश मार्फत दिगो आर्थिक वृद्धिको सिद्धान्त विकास गरेको योगदानमा संयुक्त रूपमा बाँकी आधा पुरस्कार दिइने छ।
२७ असोज, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ ।
द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले अमेरिका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।
एकेडेमीका अनुसार अमेरिकको नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर र ब्राउन युनिभर्सिटीका पिटर होविट र बेलायतको द लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंनलाई पुरस्कार दिने निर्णय गरिएको हो ।
उनीहरूलाई ‘नवप्रवर्तन मार्फत सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानका लागि सम्मानित गरिएको हो ।
पुरस्कारको आधा भाग मोकिरलाई प्रविधिगत प्रगति मार्फत दिगो आर्थिक वृद्धिका पूर्वसर्त पहिचान गरेको योगदानका लागि दिइने छ । बाँकी आधा भाग आगियों र हाविटलाई ‘रचनात्मक विनाश मार्फत दिगो आर्थिक वृद्धिको सिद्धान्त’ विकास गरेको योगदानमा संयुक्त रूपमा दिइने छ ।
प्रतिक्रिया 4