+
+
Shares

महिला आप्रवासीको अधिकार प्रवर्द्धनका लागि राष्ट्रिय कार्यशाला सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला पुनस्र्थापना केन्द्रले महिला आप्रवासीहरूको सवाल र अधिकार प्रवद्र्धनका लागि राष्ट्रिय कार्यशाला आयोजना गरेको छ।
  • कार्यक्रममा विदेशमा भोगेका समस्या र अवसरबारे महिला आप्रवासीले छलफल गरेका छन्।
  • कार्यशालाबाट महिला आप्रवासीहरूको साझा घोषणापत्र तयार गर्ने र पैरवी गर्ने योजना बनाइएको छ।

२६ असोज, काठमाडौँ । महिला आप्रवासीहरूको सवाल र अधिकार प्रवर्द्धनका लागि पैरवी रणनीति राष्ट्रिय कार्यशालाको आयोजना गरिएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा वैदेशिक रोजगारीमा गएर सफल भएका र विविध कारणले फर्किएर आएका आप्रबासी महिला श्रमिकले विदेशमा भोग्नुपरेको समस्या र अवसरबारे छलफल भयो ।

महिला पुनस्र्थापना केन्द्रका संस्थापक डा. रेणु अधिकारीले सो केन्द्रमार्फत स्थापना गरिएको संस्था मञ्जरीले सुरक्षित आप्रवासन, गरिमामय रोजगारी, सामाजिक सुरक्षा र आप्रवासीको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएको बताइन् ।

उनले महिलाले गर्ने श्रमलाई स्वदेशमै मान्यता दिंदै अन्तर्राष्ट्रिय स्तरमा समेत महिलाको श्रमको वकालत गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै अन्यायमा परेका महिला श्रमिकलाई न्याय दिलाउन र श्रमिकले घर फर्कन चाहेमा सुरक्षित उद्धार गर्ने संयन्त्र हुनुपर्ने अधिकारीले बताइन् । ‘सबैभन्दा धेरै मेहनत गर्ने वर्ग महिलाले सदियौंदेखि आफ्नो श्रमको मूल्य पाएका छैनन्’ अधिकारीले भनिन्, ‘स्यावासी, मुल्याङ्कन पनि गर्दैनन् ।’

वैदेशिक रोजगारीबाट फर्केका नेपाली आप्रबासी महिला श्रमिकहरुले भोग्नुपरेको असमानता, लैङ्गिक भेदभाव, सामाजिक असुरक्षा र रोजगारीमा समान अवसरबाट बञ्चित बनाइएकोले महिला श्रमिकको श्रमले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका लागि आवाज बुलन्द गर्न राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरेको उनले जानकारी दिइन् ।

महिलाको श्रमले समान मान्यता नपाएसम्म आवाज उठाइरहनुपर्ने धारणा उनले राखिन् ।

कार्यक्रममा महिला पुनस्थार्पना केन्द्रका कार्यकारी निर्देशक सुनिता मैनालीले संयुक्त राष्ट्र संघको ‘ग्लोबल कमप्याक्ट फर माईगे्रसन’ आप्रबासी श्रमिकको सवाल सम्वन्धी कार्यपत्र प्रस्तुत गरिन् । उनले महिला आप्रवासनका अधिकारबारे साझा धारणा निर्माण गर्दै महिलाले आफ्नो श्रमलाई मान्यता दिलाउन पहल गर्नुपर्नेमा जोड दिइन् ।

यस कार्यशालाबाट नेपाली महिला आप्रवासीहरुको साझा घोषणापत्र तयार गर्ने, पैरवी, कार्ययोजना बनाउने सरोकारवालाबीच अनुभव साटासाट गर्ने अवसर मिलेको मैनालीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?