News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिका–२७ सुनाकोठीकी ४३ वर्षीया महिलालाई प्रहरीले जंगलबाट सकुशल उद्धार गरेको छ।
- महिलाको श्रीमान्ले भिडियो कलमार्फत 'मर्न' लागेको जानकारी प्रहरीलाई दिएका थिए।
- प्रहरी टोलीले खोजतलास गरी महिलालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ।
१ वैशाख, काठमाडौं । श्रीमान्लाई भिडियो कलमार्फत ‘मर्न’ लागेको जानकारी गराएकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
ललितपुरको महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले गरेको फोन संवादबारे श्रीमान्ले प्रहरीलाई जानकारी गराएकी थिए ।
लगत्तै जिल्ला प्रहरी परिसर, ललितपुरको टोली खोजतलासमा खटिएको थियो ।
सो क्रममा ती महिलालाई सुनाकोठीको जंगलबाट फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती महिलालाई आफन्तको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4