+
+

तबलिगी जमातका नेताविरुद्ध दिल्लीमा मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १८:३८

२० चैत, काठमाडौं । भारतको दिल्लीमा भएको कार्यक्रमको विषयलाई लिएर भारतको तबलिगी जमातका नेता मौलाना मोहम्मद साद कंधालवीविरुद्ध मुद्दा दायर भएको छ । दिल्ली प्रहरीले सरकारको नियम पालना नगरेको भन्दै मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

निजामुद्दीन बस्तीमा एक विशाल धार्मिकसभा आयोजना गरेर उनले सरकारको आदेश उल्लंघन गरेको दिल्ली प्रहरीले बताएको छ । भारतको सरकारले कुनै पनि धार्मिक कार्यक्रममा प्रतिबन्ध लगाएको अवस्थामा दिल्लीमा विशाल धार्मिकसभाको आयोजना गरिएको थियो । सोही सभाबाट धेरै मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको समाचार सार्वजनिक भएसँगै अहिले यो विषयमा भारतमा चर्चामा छ ।

मार्चको १ देखि १५ तारिखसम्म यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनमा भाग लिन विभिन्न मुलुकबाट पनि मानिसहरू आएका थिए । यो सभामा केही नेपालीहरू पनि सहभागी भएका थिए । यो सभामा सहभागी धेरै मानिसमा कोभिड–१९ को संक्रमण देखिएसँगै मौलाना मोहम्मदको खोजी सुरु भएको थियो । उनी फरार भएको जानकारी आएपछि उनले आफू घरमै सेल्फ आइसोलेसनमा भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?