+
+

चलचित्रका प्राबिधिकलाई ‘छक्का पन्जा’ टिमको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते ११:४४

नेपाली चलचित्रको पर्दा पछाडि रहेर काम गर्ने धेरै प्राबिधिकहरु अहिले समस्यामा छन । विगत दुई सातादेखि नेपाली पुर्ण रुपमा लक डाउनमा छ । जसकाकारण, पर्दा पछाडि रहेर काम गर्ने प्राबिधिकहरुले काम गर्न पाएका छैनन ।

जसकाकारण, धेरै प्राबिधिकलाई दैनिकी चलाउन नै समस्या परिरहेको छ । यसैविच, चलचित्र पाविधिकहरुको लागि ‘छक्का पन्जा’ टिमले सहयोग गरेको छ ।

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले पाविधिकहरुलाई १ लाख १० हजार सहयोग गरेका हुन ।

उनले, अन्य चलचित्रकर्मीहरुलाई पनि एकमुष्ट रुपमा सहयोग गर्न अपिल गरेका छन । घाम लाग्दा छाता ओडाउने, भोक लाग्दा खाना खुवाउने प्राबिधिकहरु समस्यामा परेको भन्दै दीपक र उनको टिम सहयोगका लागि अगाडि सरेको हो ।

चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले पनि चलचित्रकर्मीलाई विपन्न पाविधिकहरुलाई सहयोग गर्न अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?