+
+
Shares

अदालत चैत मसान्तसम्म बन्द, न्यायाधीशको ५० प्रतिशत तलब कोरोना कोषमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २१:३६

२१ चैत, काठमाडौं । देशभरका अदालतको काम कारबाही चैत मसान्तसम्म बन्द हुने भएको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यसअघि भएको निर्णयलाई संशोधन गर्दै चैत २८ गतेसम्म अदालतको काम कारबाही बन्द गर्ने निर्णय गरेको हो । चैत २९ गते शनिबार परेकोले अब अदालतमा नियमित मुद्दाहरुको सुनुवाई चैत मसान्तदेखि मात्रै सुरु हुनेछ ।

त्यस्तै, बैठकले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कोरोना संक्रमण रोकथाम, नियन्त्रण कोषमा प्रधानन्यायाधीश एवं न्यायाधीशहरुको मासिक तलबको ५० प्रतिशत(आधा महिनाको तलब) रकम योगदान गर्ने समेत निर्णय गरेको छ ।

सर्वोच्च मातहतका अदालतमा कार्यरत न्यायाधीशहरुलाई पनि यथोचित सहयोगको लागि लेखिपठाउने निर्णय समेत भएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको बैठकले चैत २२ गतेसम्मका लागि अदालतको काम कारबाही बन्द गर्ने निर्णय गरेको थियो । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउन थपिएसँगै अदालत समेत चैत २८ गतेसम्म बन्द गर्ने निर्णय भएको हो ।

यो निर्णयसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई  चैत मसान्तसम्म रोकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?