Comments Add Comment

भर्चुअल थिएटर फेस्टिभल अझै एक साता

काठमाडौं । ‘लकडाउनमा रङ्गमञ्चका दर्शक नाटकबाट टाढा नरहून् भन्ने उद्देश्यले सुरु भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ ले बिहीबार एक साता पुरा गर्यो । सुरेन्द्र वर्मा लिखित, अनुप बरालको सुपरभिजनमा, सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति नाटक ‘शकुन्तलाको औंठी’को भिडियो प्रस्तुत गर्यो ।

उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि ‘लकडाउन’को अवधि बढेसँगै उत्सव अवधि पनि अर्को सातासम्म लम्बिने भएको छ । ‘लकडाउन’को अवधि थपिएको छ, दर्शकको माग पनि बढिरहेको छ । साथै, उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छ । त्यसैले उत्सव अर्को सातासम्म लम्ब्याउने निर्णय गरेका छौं’, फेस्टिभल निर्देशक केदार श्रेष्ठले भने ।

अर्को साता लाइभ स्ट्रिमिङ गरिने चार नाटक तय भइसकेको श्रेष्ठले जानकारी दिए । उनी भन्छन्, ‘यो साता बालबालिकालक्षित नाटकमा जोड दिदैछौं । त्यसैले साताको सुरुवातमा लगातार दुई नाटक बालबालिकालक्षित नाटक देखाइनेछ ।’

‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी चैत्र २५ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेको छ । संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको थियो ।

नाटकको भिडियो ठीक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल भ्चचयच१ ज्थउभचष्लिप चभाभचभलअभ लयत खबष्मि।बाट लाइभ स्ट्रिमिङ गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment