Comments Add Comment

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

२५ चैत, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारका लागि अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहअनुसार जोन्सन गएराति अस्पताल भर्ना भएका हुन् ।

प्रवक्ताका अनुसार सवाधानीका लागि उनको केही नमूना परीक्षण गराइने छ । उनी रातभर अस्पतालमै बस्ने बताइएको छ ।

दस दिन अगाडि प्रधानमन्त्री जोन्सनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबेलादेखि प्रधानमन्त्री जोन्सनमा कोरोना संक्रमणका लक्षण लगातार उस्तै देखिइरहेकाले सावधानीका लागि अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना पुष्टि भएदेखि नै जोन्सन आइसोलेसनमा बसेका थिए । आइसोलेसनमै भए पनि उनले मन्त्रिपरिषद बैठक बसाल्दै आएका थिए ।

सोमबार बिहान पनि बस्ने मन्त्रिपरिषदको बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment