News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली क्यापिटल्सले आईपीएल २०२६ मा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै छैटौं जित हासिल गरेको छ।
- दिल्लीले १९४ रनको लक्ष्य ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको छ।
- दिल्लीको १३ खेलमा १२ अंक छ र अब कोलकाता नाइट राइडर्ससँग खेल्न बाँकी छ।
३ जेठ, काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएल २०२६ मा छैटौं जित हासिल गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । कप्तान अक्षर पटेल ३४ अनि अभिषेक शर्मा १८ रनमा अविजित रहे ।
राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २-२ तथा दसुन शनकाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनाएको थियो । एक समय १४ ओभरमा १६०-२ को अवस्थामा भएपनि राजस्थानको ब्याटिङ कोल्याप्स भएको थियो ।
ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए भने कप्तान रियान परागले ५१ रन बनाए । ओपनर वैभव सूर्यवंशीले ४६ रनको योगदान दिए ।
दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४० रन दिएर ४ विकेट लिए । उनले नै राजस्थानको मिडल अर्डर ध्वस्त पारेका थिए । लुंगी एंगिडी र माधव तिवारीले २-२ विकेट लिए ।
यो जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ । दिल्लीले अब कोलकाता नाइट राइडर्ससँग खेल्न बाँकी छ । राजस्थानको पनि १२ खेलमा १२ अंक नै छ । राजस्थानले लखनउ र मुम्बईसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4