+

एसियन गेम्स छनोट र प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८३ जेठ  ३ गते २०:१५ २०८३ जेठ ३ गते २०:१५
एसियन गेम्स छनोट र प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्न जाने महिला टोलीको मंगलबार मलेसिया प्रस्थान गर्ने बताएको छ।
  • एसियन गेम्स छनोट मे २३ देखि ३१ र प्रिमियर कप जुन १ देखि १३ सम्म मलेसियामा हुने छ।
  • क्यानका उपाध्यक्ष रोशन सिंहले भने, 'क्यानले यति लगानी गरेपछि अब पालो रिजल्टको हो' र टोलीमा एकता आवश्यक रहेको बताए।

३ जेठ, काठमाडौं । मलेसियामा हुने एसियन गेम्स छनोट र एसीसी प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले दुई प्रतियोगिता खेल्न जाने नेपाली महिला टोलीको आइतबार बिदाई गरेको हो । नेपाली टोली प्रतियोगिता खेल्न मंगलबार मलेसिया प्रस्थान गर्नेछ ।

एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोटअघि नेपालले मलेसियासँग दुई खेल खेल्ने क्यानका क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । उनकाअनुसार नेपालले तयारीका लागि मे २० र २२ मा मलेसियासँग खेल्ने तालिका छ ।

बिदाइ कार्यक्रममा कप्तान इन्दु बर्माले तयारी राम्रो भएकाले रिजल्ट लिएर फर्किने बताइन् । मुख्य प्रशिक्षक हर्षल पाठकले पनि नतिजा राम्रो आउनेमा विश्वास व्यक्त गरे ।

खेलाडीहरुलाई बिदाइ गर्दै क्यानका उपाध्यक्ष रोशन सिंहले अब रिजल्ट दिने बेला आएको बताए । ‘क्यानले यति लगानी गरेपछि अब पालो रिजल्टको हो,’ उनले भने, ‘टिममा एकता नभएसम्म राम्रो नतिजा आउँदैन ।’

नेपाली टोलीः इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबी पोद्दार, कविता जोशी, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, रिया शर्मा, मनीषा उपाध्याय र रुबिना क्षेत्री

वैकल्पिक खेलाडीहरुः सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउद ।

एसियन गेम्स छनोट एसीसी वुमेन्स प्रिमियर कप नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय