Comments Add Comment

अनलाइनमार्फत घरमै औषधि

विश्वभरि फैलिइरहेको कोभिड–१९ को महामारी नेपालमा पनि फैलिएको छ । सरकारले घोषणा गरेको लकडाउनले गर्दा मानिसहरु घरमै बसिरहेका छन् । घरमै बसिरहेकाहरुलाई लक्षित गरी नेपाल मेड नामको एक संस्थाले घर–घरमा औषधि पुर्याउने काम सुरु गरेको छ ।

नेपाल मेडको प्रबन्ध निर्देशक सुप्रिया शाक्य कर्मचारीहरुलाई बिदा दिएर आफैं डेलिभरको लागि हिँडिरहेको बताउँछिन् ।

नेपाल मेडले अहिले ललितपुर, भक्तपुर र काठमाडौं तिने जिल्लामा औषधि डेलिभरि गरिरहेको छ । माग आइरहेकाले सेवालाई निरन्तरता दिइरहेको प्रबन्ध निर्देशक श्रेष्ठ बताउँछिन् ।

‘सेवा सुरु गरेको तीन वर्ष नबित्दै नेपाल मेडले तीस हजारभन्दा बढी डेलिभरी गरिसकेको छ,’ उनले भनिन् ।

नेपाल मेडले घर–घरमा औषधि पुर्याउने मात्रै होइन, नियमित औषधि सेवन गर्ने ग्राहकलाई औषधि सकिनुभन्दा पाँच दिनअघि यसबारे अलर्ट गराउने र घरमै ल्याब टेस्ट गर्ने सुविधान पनि उपलब्ध गराउँदै आएको छ ।

ग्राहकको सहजताका लागि नेपाल मेडले ‘मोबाइल एप’ तयार गर्दैछ ।

अहिले नेपाल मेडको फेसबुक पेजमा राखिएको टेलिफोन र भाइबरमार्फत ग्राहकले सेवा लिइरहेको शाक्यले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment