
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड पार्श्व गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
कोरोना भाइरसबाट संक्रमित भएपछि उनी लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई सोमबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उनी मार्च २० मा अस्पतालमा भर्ना भएकी थिइन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिबार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
उनी अस्पतालमा रहँदा उनले डाक्टरहरुलाई सहयोग नगरेको, स्टारडम देखाएको जस्ता खबर पनि मिडियामा आएका थिए ।
बेलायतबाट फर्किएपछि उनमा कोरोना संक्रमण भएको थियो । कनिकाले आफूलाई घर फर्किएर परिवारसँग बस्न मन लागेको बताएकी थिइन् । १५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4