Comments Add Comment

लकडाउनको समयमा किन अमेरिका उडे सरोज खनाल ?

अहिले विश्वभर कोरोनाको त्रास छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि देखिन्छ । अमेरिका अहिले सबैभन्दा खतरामा रहेको देश कहलिन्छ ।

यस्तैमा, अमेरिकाले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । नेपालमा रहेका अमेरिकी नागरिकलाई पनि अमेरिकाले स्वदेश फर्काएको छ । त्यहीँ समुहमा अभिनेता सरोज खनाल पनि अमेरिका उडेका छन् ।

अभिनेता खनालको परिवार अमेरिकामा नै छन् । सरोज आफैँमा अमेरिकाका नागरिकताधारी नागरिक हुन् । त्यसैले उनी आफ्नो परिवार भेट्नको लागि अमेरिकाले चार्टर गरेको विमान चडेर उनी अमेरिका उडेका छन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् ।

सरोज केही समय अगाडि देखि नै अमेरिका जाने तयारीमा थिए । अमेरिकामा नै रहेकी नातिनीको पास्नीको लागि उनी अमेरिका जाने तयारी गरिरहेका थिए । त्यहीँ समय लकडाउन भएपछि उनी नेपालमा नै रोकिएका थिए ।

लामो समय अमेरिका बसेर नेपाल फर्किएका सरोज नेपाली चलचित्रमा सकृय रुपमा काम गरिरहेका छन् । चलचित्रकर्मसँगै उनले व्यावसाय पनि सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment