+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

ओलम्पिक कमिटीद्वारा खेलाडीका लागि मनोवैज्ञानिक कार्यक्रम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते २०:०५

३० चैत काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले खेलाडीहरुको लागि मनोवैज्ञानिक कक्षा ‘विनिङ माइन्डसेट साइकोलोजिकल वेलविङ प्रोग्राम’ शुरुवात गरेको छ ।

एनओसीले आइतबाररदेखि एक साता यस कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कोभिड १९ को महामारीका कारण अहिले खेलाडीको प्रशिक्षण रोकिएको छ र खेलाडीहरु घरभित्रै बसिरहनुपरेको छ । यस्तो अवस्थामा रोकिएको प्रशिक्षण र मानसिक असरको परिस्थितिलाई मध्यनजर गर्दै एनओसीले खेलाडीको लागि यो कार्यक्रम शुरुवात गरेको जनाएका थिए ।

आइतबार एनओसीका स्पोर्ट्स साइकोलोजी कमिसनका प्रमुख इन्द्र गुरुङले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

टोकियो ओलम्पिकको तयारीमा रहेका एनओसीबाट छात्रावृत्ति पाएका वाइल्ड कार्डका उम्मेदवार खेलाडी र प्रशिक्षकहरुले उक्त कार्यक्रममा भाग लिएका छन् ।

एनओसीका अधयक्ष जीवनराम श्रेष्ठले खेलाडीहरुलाई मानसिक रुपमा तन्दुरुस्त राख्न  यस्तो कार्यक्रम सञ्चालन गरेको अनलाइनखबरलाई बताए । ‘यसले खेलाडीलाई मानसिक रुपमा बलियो बनाउँछ । साथै दैनिक रुपमा खेलाडी र प्रशिक्षकबीच पनि कुराकानी हुन पाउँछ’ उनले भने ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पनि यो कार्यक्रमले खेलाडीलाई मानसिक रुपमा तन्दुरुस्त राख्न मद्दत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?