Comments Add Comment

ओलम्पिक कमिटीद्वारा खेलाडीका लागि मनोवैज्ञानिक कार्यक्रम शुरु

३० चैत काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले खेलाडीहरुको लागि मनोवैज्ञानिक कक्षा ‘विनिङ माइन्डसेट साइकोलोजिकल वेलविङ प्रोग्राम’ शुरुवात गरेको छ ।

एनओसीले आइतबाररदेखि एक साता यस कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कोभिड १९ को महामारीका कारण अहिले खेलाडीको प्रशिक्षण रोकिएको छ र खेलाडीहरु घरभित्रै बसिरहनुपरेको छ । यस्तो अवस्थामा रोकिएको प्रशिक्षण र मानसिक असरको परिस्थितिलाई मध्यनजर गर्दै एनओसीले खेलाडीको लागि यो कार्यक्रम शुरुवात गरेको जनाएका थिए ।

आइतबार एनओसीका स्पोर्ट्स साइकोलोजी कमिसनका प्रमुख इन्द्र गुरुङले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

टोकियो ओलम्पिकको तयारीमा रहेका एनओसीबाट छात्रावृत्ति पाएका वाइल्ड कार्डका उम्मेदवार खेलाडी र प्रशिक्षकहरुले उक्त कार्यक्रममा भाग लिएका छन् ।

एनओसीका अधयक्ष जीवनराम श्रेष्ठले खेलाडीहरुलाई मानसिक रुपमा तन्दुरुस्त राख्न  यस्तो कार्यक्रम सञ्चालन गरेको अनलाइनखबरलाई बताए । ‘यसले खेलाडीलाई मानसिक रुपमा बलियो बनाउँछ । साथै दैनिक रुपमा खेलाडी र प्रशिक्षकबीच पनि कुराकानी हुन पाउँछ’ उनले भने ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पनि यो कार्यक्रमले खेलाडीलाई मानसिक रुपमा तन्दुरुस्त राख्न मद्दत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment